+
+

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा जितेन्द्रनारायण देव

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १२:०३

२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता महसुस भएको बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले गठबन्धनको राजनीतिले भ्रष्टाचार बढाएको टिप्पणी गरे । यसको विकल्पका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने गरी संविधान संशोधन गर्न सकिने उनको प्रस्ताव छ ।

गठबन्धनको राजनीतिमा एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने र काम नहुने प्रवृति समेत देखा परेको उनले बताए ।

‘त्यसकारण कार्यकारी प्रत्यक्ष निर्वाचित गर्ने गरी संविधान संशोधन गर्ने हो कि ! त्ययातिर जाने हो भने रि थिङ्क गरौं’ उनी थप्छन्, ‘जो आउँछ पाँच वर्ष काम गर्छ, राम्रो काम गरे जनताले वाहवाह गर्छ ।

काम गरेन भने जनताले दण्ड दिन्छ । त्यसकारण कार्यकारीको डाइरेक्ट चुनावमा जानु उपयुक्त हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?