+
+

तिनाउ गाउँपालिकामा आज शोक बिदा, जीप दुर्घटनाका परिवारलाई आर्थिक सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते ९:३२
दुर्घटनाग्रस्त जीप ।

२ फागुन, पाल्पा । पाल्पामा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा दिएको छ ।

शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण  शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिएको हो ।

गाउँपालिकाको वडनम्बर ६ मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । त्यसमध्य ५ जना पालिकाभित्रैका थिए । पाँच जनाका परिवारलाई गाउँपालिकाले जनही ३५ हजार सहयोग गर्नेसमेत घोषणा गरेको छ ।

उक्त घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । अन्य १६ जना घाइतेको उपचार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?