+
+

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते ९:०९

३ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

आउने सोमबार देखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन यो बैठकबाट पारित हुनेछ ।

उपसभापति पूर्णबहादुर खड्काले तयार गरेको ५६ पृष्ठको नीति प्रतिवेदन बैठकले पारित गर्दैछ।

बैठकले महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्व प्रकाश शर्माले तयार गरेको समसामयिक राजनीतिक प्रतिवेदन पनि पारित गर्नेछ।

महासमिति बैठक फागुन ७ देखि १० सम्म गोदावरीमा हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?