+
+

कालिम्पोङमा हुँदैछ ‘दान्भी’को एक्सन दृश्यको छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १२:५३

काठमाडौं । भारत पश्चिम बंगालको कालिम्पोङमा यतिबेला नेपाली फिल्म ‘दान्भी’को छायांकन भइरहेको छ । रुपेश तामाङको निर्देशनमा बनिरहेको फिल्ममा पूजा शर्मा र कुन्साङ बोमजनको शीर्ष भूमिका छ ।

निर्माताले एक्सन दृश्यले भरिपूर्ण फिल्मको टिजर सार्वजनिक गरिसकेको छ । फिल्मको पहिलो हाफको दृश्यको छायांकन कालिम्पोङ भइरहेको निर्देशक तामाङले जानकारी दिए ।

एक सातादेखि कालिम्पोङमा रहेकी अभिनेत्री शर्माले भनिन्, ‘हामीले फिल्मको मुख्य अंशको छायांकन गरिरहेका छौं । अझै एक साता छायांकन सेड्युल छ ।’ फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । छायांकन सकिएपछि मात्र रिलिज मिति तय गर्ने जनाइएको छ ।

फिल्ममा पूजा र कुन्साङका साथै फिल्म ‘पर्खिबसें तिमीलाई’ फेम्ड अभिनेता किरण श्रेष्ठको पनि अभिनय छ । फिल्ममा देव मगर र अनुप गदालको लगानी छ । कार्यकारी निर्माता पवन राना मगर हुन् । कमला मल्ल, पञ्चबहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ र जीवन तामाङ सहनिर्माताको रुपमा छन् ।

श्री श्रेष्ठको एक्सन निर्देशन रहेको फिल्ममा हरिबहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, सञ्जोग कुँवर रानाको पटकथा तथा संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदार राज नेपालको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र बाहुल बराइलीको कोरियोग्राफी छ । फिल्मका मुख्य सहायक निर्देशक नवराज शर्मा हुन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?