+
+

साहित्यकार सरुभक्तका ६ बालपुस्तक एकसाथ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १४:४६

४ फागुन , पोखरा । साहित्यकार सरुभक्त श्रेष्ठको ६ बाल पुस्तकको एकसाथ लोकार्पण भएको छ । पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार बाल पुस्तकहरुको लोकार्पण गरिएको हो ।

उपन्यास ‘अँध्यारो कोठा’, नाटक संग्रह ‘राक्षस र बालबालिका’, चित्रकथा ‘गाँडाहरुको गाउँ’, ‘पशुपंक्षीको जुलुस’, कथा संग्रह ‘नातीका कथा’, ‘झ्याँउ झ्याँउ झ्याँकिरी’ कविता संग्रह लोकार्पण भएको हो ।

सरुभक्तसँगै साहित्यकार ध्रुव घिमिरे, मनुषी भण्डारी, पुस्तकका चित्रकार पल्पसा मानन्धर, अर्पिता शाक्य र प्रकाशन गृह परिचय पब्लिकेशनका निर्देशक दीपेन्द्र भट्टले पुस्तकको लोकार्पण गरे । लोकार्पण भएको ‘अध्याँरो कोठा’ को केही भाग यस अगावै प्रकाशित भएको थियो ।

बाल्यकालमा सुनेका कथा कविता गीतबाट आफु आकर्षित भएर साहित्यमा लागेको सरुभक्तले बताए । बालबालिकाकको साहित्यमा अभिरुची हुने भएकाले बाल सहित्यका कृति सिर्जना गर्ने उनको भनाइ छ ।

‘आफैंलाई बालक उमेरदेखि नै बाल साहित्यमा अभिरुची हुन्छ भन्ने मनभित्रबाट भावना उत्पन्न भएको थियो । त्यो भावनको कारणले बेलाबेलामा विभिन्न व्यस्तताको बीचमा पनि बाल साहित्यका कृति सिर्जना गरेको छु’, उनले भने ।

उनले प्रत्येक दिन जसो राति सुत्ने बेला नातिलाई कथा सुनाउने गरेको स्मरण गरे । उनले धेरैजसो साहित्यकारले बाल साहित्यलाई अपहेलना दुखेसो पोखे । बालसाहित्यलाई महत्वपूर्ण रुपमा लिनुपर्ने साहित्यकार सरुभक्तको भनाइ छ ।

बाल पाठक कुमुदिनी होम्सकी विद्यार्थी मानुषी भण्डारीले रुची अनुसारको विषयबस्तु पाठ्यक्रममा नहुने भएकाले साहित्यिक पुस्तक पढ्ने बताइन् । ‘जान्न र बुझ्न मन लागेका विषय पाठ्यपुस्तक भन्दा फरक पुस्तकबाट पाइन्छ’, उनले भनिन् । उनले सामाजिक सञ्जालको प्रयोगले पुस्तक छान्ने उल्लेख गरिन् ।

साहित्यकार ध्रुव घिमिरेले बालबालिका केन्द्रित पुस्तक लेख्नु भविष्यका लागि लेख्नु काम भएको उनले बताए । बाल साहित्यले बाल मनोविज्ञानलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो । मास मिडियाले बाल साहित्यलाई समेट्न नसकेको घिमिरे बताउँछन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठको ३ दर्जन बढी पुस्तक प्रकाशित छन् । उनको पागल बस्ती उपन्यास निकै प्रख्यात छ ।  यसअगाडि सरुभक्तले बाल साहित्यका पुस्तक बजारमा ल्याएका थिए ।

परिचय प्रकाशनले यस लगत्तै सरुभक्तको ९ पुस्तक बजारमा ल्याउनेछ । नेपाल लिटरेचर फेस्टिबलमा यो संस्करणमा बालबालिका केन्द्रित सेसनहरुलाई प्राथमिकता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?