+
+

स्वर्ण विजेता पुनमलाई राखेपले दियो उपचार खर्च

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १६:५०

४ फागुन, काठमाडौं । चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते भएकी जुडो खेलाडी पुनम श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद राखेपले उपचार खर्च प्रदान गरेको छ ।

राखेपले पुनमको शल्यक्रियाका लागि लागेको खर्चको बिल भुक्तानी भएको ४८ घण्टामा रकम निकासा गरेको हो ।

पुनमले उपचार खर्च वापत फागुन २ गते १ लाख ४७ हजार ५९ रुपैयाँ राखेपले उपलब्ध गराएको हो ।

पुनम १९ औं एसियाली खेलकुदमा खेल्ने क्रममा दायाँ खुट्टाको घुडाको एसीएल टियरको शल्यक्रिया गरेकी हुन् । उनले बी एण्ड बी अस्पतालमा शल्क्रिया गरेकी हुन् ।

उनले राखेपमा २०८० साल माघ ४ गते निवेदन दर्ता गराएकी थिइन् । निवेदनमा अन्य केही कागजपत्र संलग्न नहुँदा राखेपले उनलाई प्रक्रिया पूरा गर्न अन्य बिल तथा कागजात संकलन गर्न आग्रह गरेको थियो ।

२०८० साल फागुन १ गते बिलहरु प्राप्त भई प्रक्रिया पूरा भएको थियो । सोही दिन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवले पुनम श्रेष्ठको उपचार खर्चको फाइल सदर गरेका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता समेत रहेकी पुनम श्रेष्ठलाई नेपाल जुडो संघमार्फत ताकेता गरिएको थियो । राखेपले राष्ट्रिय खेलाडी कल्याणकारी कोष मार्फत पुनमलाई उपचार खर्च प्रदान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?