+
+

एम्बाप्पेले पीएसजी छाड्ने

बीबीसी बीबीसी
२०८० फागुन ४ गते १८:५६

४ फागुन, काठमाडौं । फ्रेञ्च स्ट्राइकर केलियन एम्बाप्पेले सिजनको अन्त्यमा आफूले क्लब छोडन लागेको जानकारी पेरिस सेन्ट जर्मेन पीएसजीलाई दिएका छन् ।

२५ वर्षीय एम्बाप्पे लिग वान् च्याम्पियनसँगको साथ छाडेर स्पेनिस क्लब रियल मड्रिडमा जाने चर्चा छ ।

उनले पीएसजी छाड्न लागेको भन्ने बित्तिकै रियल म्याड्रिड जाने अड्कल काट्न थालिएको हो । पछिल्लो गर्मीको ट्रान्सफर विण्डोमा पनि एम्बाप्पे क्लब छाड्ने चर्चामा थिए ।

उनलाई एक समय पीएसजीको पहिलो रोजाइको टिमबाट निकालिएको थियो । क्लबको एसिया भ्रमणमा एम्बाप्पे टिममा थिएनन् ।

एम्बाप्पेसँग १ वर्षको समय अझै बाँकी छ । जसका कारण उनले क्लब छाडेमा ट्रान्सफर फिको साथमा बिक्री हुनेछन् या त कुनै खेलाडीको आर्थिक पक्ष कटौती हुनेछ ।

पीएसजीले अहिले नै एम्बाप्पेलाई टिम बाहिर राख्न चाहेको छैन । पछिल्लो सिजन लियोनल मेस्सी र नेइमार बाहिरिएपछि पीएसजीको योजना युवा खेलाडीलाई प्रोत्साहन गरि टिम बनाउने छ ।

२०१८को विश्वकप विजेता एम्बाप्पेले एकवर्षमा १७१ मिलियन पाउण्ड कमाइ गर्छन् ।

पीएसजी हाल फ्रान्सको शीर्ष लिगमा दोस्रो स्थानमा रहेको नाइसभन्दा ११ अंक माथि छ । पीएसजीले घरेलु नकआउट प्रतियोगिताको क्वाटरफाइनलमा नाइससँग नै खेल्नेछ ।

फ्रेञ्च च्याम्पियनले अन्तिम १६ च्याम्पियन्स लिगमा प्रतियोगिताको पहिलो चरणमा रियल सोसिडाडलाई २–० ले पराजित गरेको थियो । जसमा एम्बाप्पेले क्लबका लागि सुरुवाती गोल गरेका थिए ।

यहि सिजनमा मात्रै युरोपको शीर्ष लिगमा एम्बाप्पेको यो चौथो गोल हो भने घरेलु लिगमा उनले २० गोल गरिसकेका छन् ।

समग्रमा उनले पीएसजीका लागि २९० खेलमा २४३ गोल र ९३ असिस्ट गरेका छन् ।

१८ वर्षको उमेरमा २०१७ मा उनले मोनाकोसँग हुँदा फ्रेन्च टप फ्लाइटको अवार्ड जितेका थिए ।

उनले मोनाकोको लागि ६० खेलमा २७ गोल र १३ असिस्ट गरेका थिए ।

एम्बाप्पेले २०२१/२२ को सिजनमा नै पीएसजी छोड्न चाहन्थे तर त्यसपछि उनले भविष्यको योजनाको नाम दिँदै २ वर्षको सम्झौता थप गरे ।

तर भनिन्छ, त्यसबेला एम्बाप्पेले १२ महिनाको मात्रै सम्झौता गर्न चाहेका थिए ।

उनलाई साउदी प्रो लिग खेल्ने क्लब अल हिलालबाट पनि राम्रो अफर आएको थियो तर उनी त्यसतर्फ गएनन् । उनलाई अल हिलालबाट २५९ मिलियन पाउण्ड बराबरको अफर आएको थियो ।

उनले गत समरमा पीएसजीबाट एसिया भ्रमणमा पहिलो रोजाइको टिमसँग नखेल्दा उनले क्लब छोड्ने चर्चा सुरु भएको थियो । यसपछि भने पुन उनी पहिलो रोजाइमा पर्दै प्रशिक्षणमा फर्किए ।

२०२२ मा एम्बाप्पेले पीएसजीको सम्झौतालाई कायम राख्दै रियल मड्रिड गएनन् ।

उनले २०२२ को विश्वकप फाइनलमा फ्रान्सका लागि ह्याट्रिक गरेका थिए । तर फ्रान्स अर्जेन्टिनासँग हार्दै उपाधि गुमाएको थियो ।

गुइल्म बालागुएका अनुसार एम्बाप्पे रियल मड्रिड जाँदैछन्

युरोपियन फुटबल विशेषज्ञ गुइल्म बालागुए भन्छन्, ‘केही निकै गम्भिर कुराकानी भएको छ । जसमा पीएसजीका अक्ष्यक्ष नासिर अल खेलाइफी र केलियन एम्बाप्पेबीच १ घण्टा लामो वार्ता भएको थियो ।’

दुवैले हात मिलाएर ‘यति नै हो अब हामी छुट्यौं ’ भनेका थिए ।

फ्रेञ्च मिडियाले पनि एम्बाप्पेले क्लब छोड्न लागेको कुरा बताएका थिए । जसमा भनिएको छ, ‘हो उनले पीएसजी छोड्दै छन् ।’

यिनै घटना क्रमलाई जोड्दै उनीहरुले यसलाई सकरात्मक मोडमा टुङ्ग्याउन चाहेका छन् । उनीहरुले भनेका छन्, ‘हामीले ग्यालेक्टिकोको युगलाई छोडेर नयाँ युवा खेलाडीलाीलाई मौका दिन लागेका हौं। ’
तर हाल एम्बाप्पेले एपीएसजीसँग लोयल्टी बोनस तथा अन्य कुराहरुमा क्लबसँग छलफल गरिरहेका छन् ।

उनले अहिलेसम्म खुलेर जान लागेको कुरा बताइरहेका छैनन् । तर यो वर्ष रियलले एम्बाप्पेलाई दिने रकम भने कम भएको छ । हाल एम्बाप्पेलाई गत गर्मीमा दिने भनिएको ५० मिलियन यूरो घटाएर ३० मिलियनमा झारिएको छ ।

पछिल्ला केही दिन यता स्पेनिस मिडिया पनि रियलको बारेमा निकै चर्चा गर्दैछ । उनीहरु भने रियलसँग प्लान बी को रुपमा एर्लिङ हलान्ड रहेको बताउँदै आएका छन् । ‘केलियन तिमी क्लबमा रुचि राख्दैनौं भने हामीसँग प्लान बीको रुपमा एर्लिङ हलान्ड छन् ।’

वित्तीय फेयर प्ले नियम अनुसार रियललेएम्बाप्पे र हालान्ड दुवै लान मिल्दैन । दुवै जना खेलाडी अनुबन्ध गर्न रियललाई कम्तीमा पनि १०२३ मिलियन पाउण्ड खर्च गर्नुपर्छ जुन फेयर प्लेको नियम विपरीत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?