+
+

नेदल्याण्ड्सविरुद्ध नेपाललाई पाँचौ सफलता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ५ गते ११:१८

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले पाँचौ सफलता पाएको छ ।

कुशल मल्लले आफ्नै बलमा नट स्ट्राइकर एण्डमा रहेका नोआह क्रशलाई रन आउट गरेका हुन् ।

स्कट एडवार्ड्सले हानेको बल कुशलको हातमा लागेर स्टम्प ठल्न पुगेको थियो । त्यतिखेर क्रश थोरै अघि बढेको हुँदा रन आउट भए ।

यसअघि ललित राजवंशीले २ तथा सोमपाल कामीले एक विकेट लिएका थिए भने नेदरल्याण्ड्सका ओपनर म्याक्स ओडाउड रन आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?