+
+

कांग्रेस महासमिति बैठकमा हिन्दुराष्ट्रलाई एजेण्डा बनाउन दबाब

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ५ गते १७:१२

५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केही नेताहरुले ७ फागुनमा ललितपुरको गोदावरीमा सुरु हुने पार्टीको महासमिति बैठकमा हिन्दु राष्ट्रको विषयमा छलफल गर्न दबाब दिने बताएका छन् ।

सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियान घोषणा गर्दै उनीहरुले पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्रको एजेण्डा प्रवेश गराउने तयारी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित घोषणासभामा महाअभियानका संयोजक कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले आफूहरुको अभियानलाई पार्टी सभापति शेरबहादुर देउवाले पनि सकारात्मक रुपमा हेरेको बताए ।

पार्टीको महासमिति बैठकमा हिन्दुराष्ट्रको विषय एजेण्डाको रुपमा आत्मसाथ गरेर अन्य राजनीतिक दल र आम समुदायसँग छलफल अगाडि बढाउने आशा गरेको पनि उनको भनाइ छ ।

अभियानका सदस्य कांग्रेस नेता देवेन्द्रराज कँडेलले हिन्दुराष्ट्र कायम गर्नका लागि पहिले कांग्रेसले निर्णय गर्नुपर्ने बताए । त्यसका लागि महासमिति बैठकको समयमा हलबाहिर अभियानका सदस्यहरुले धर्ना दिने उनले बताए ।

‘हलबाहिर ब्यानरसहित तपाईंहरुले उर्जा दिने कि नदिने ? बाहिरको उर्जाले हामी भित्र तताउछौं, राष्ट्रलाई हिन्दुराष्ट्रमा फर्काएर देखाउँछौं’, उनले भने ।

कांग्रेसले हिन्दुराष्ट्रलाई एजेण्डाको रुपमा स्वीकार गरेपछि अरु दल र सरकारलाई भन्न सकिने र संविधान संशोधनसम्म जान सकिने बताए । ‘पहिले आफ्नो जग, आफ्नो घर बलियो बनाऔं । हिम्मत राख्नुस् सबै जना, धर्नामा बसौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?