+
+

शेखर कोइरालाको प्रश्न : हामी सधैं कम्युनिष्टको पछि लाग्ने हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १७:५७

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कार्यकर्ताहरुले आफूलाई सधैं कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो भन्ने प्रश्न गरेको बताएका छन् ।

महासमिति बैठकको अघिल्लो दिन आइतबार आयोजिक एक चियापान कार्यक्रममा उनले यसको जवाफ महासमिति बैठकबाट खोज्नुपर्ने बताए ।

‘म जिल्ला जिल्ला घुम्दाखेरि साथीहरुको एउटै प्रश्न हुन्छ–के हामी सधैं कम्युनिष्ट पछि लागेर हिँड्ने हो, हामीले एक्लै चुनाव कहिले लड्ने हो भनेर सोध्नुहुन्छ’, उनले भने ।

कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

कांग्रेसको भोट घटिरहेका बेला सरकारमा छौं भनेर खुशी हुनुपर्ने कारण नभएको नेता कोइरालाको भनाइ छ ।

‘सरकारमा छदैछौं भनेर ठीक लाग्ला । तर भोलि हाम्रा सन्ततिहरुले हामीहरुलाई सोध्ने छन् कि छैनन् भन्ने पनि हामीले बुझन जरुरी छ’, उनले भने, ‘भोट प्रतिशत ३४/३५ प्रतिशतबाट घट्दै घट्दै २७ प्रतिशतमा आएको छ क्यारे हाम्रो । साढे ७ प्रतिशत भोट घटेको छ । यो किन घटिराखेको छ भनेर हामीले विश्लेषण गरिराखेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?