+
+

रुपन्देहीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन मिति सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १३:३२

७ फागुन, काठमाडौं । रुपन्देहीको तिलोत्तमामा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन मिति सरेको छ ।

यसअघि यो मैदानको उद्घाटन फागुन १४ मा गर्ने र ४ टिम सम्मिलित टी-२० फर्म्याटको क्रिकेट प्रतियोगिता गर्ने भनिएको थियो ।

तर काठमाडौंमा अहिले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज चलिरहेको र यसलगत्तै टी-२० प्रतियोगिता हुने भएकाले केही पूर्वखेलाडीहरु उद्घाटन समारोह र प्रतियोगितामा सहभागी हुन नपाउने भएकाले मिति सारेको एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरले जनाएका छन् ।

मैदानको उद्घाटनमा नेपालले सन् १९९६ मा पहिलो पटक एसिसी ट्रफी खेल्दाका खेलाडीको टोली लेजेण्ड्स ९६, २०१४ को टी-२० विश्वकपमा भाग लिएको नेपाली क्रिकेट टिमका खेलाडीहरु, नेपालका अन्य खेलाडीहरू र रुपन्देही लेजेण्ड्स गरी ४ टोलीबीच टी-२० फर्म्याटको प्रतियोगिता गरिने छ ।

उद्घाटन समारोह र प्रतियोगितालाई थप प्रभावकारी बनाउन मिति पछि सारेको कुँवरले विज्ञप्ति निकालेर स्पष्ट पारेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा व्यवसायी विनोद कुँवरले ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?