+
+

एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गतेदेखि सञ्चालनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १६:१०

२६ माघ, काठमाडौं । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदान फागुन १४ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा व्यवसायी विनोद कुँवरले ४० करोड रुपैयाँको लगानीमा एक्स्ट्राटेक ओभल निर्माण गरेका हुन् ।

मैदानको उद्घाटनमा चार टिमसम्मिलित टी-२० फर्म्याटको क्रिकेटप्रतियोगिता हुने छ । नेपालले सन् १९९६ मा पहिलो पटक एसिसी ट्रफी खेल्दाका खेलाडी लेजेण्ड्स ९६, २०१४ को टी-२० विश्वकपमा भाग लिएको नेपाली क्रिकेट टिमका खेलाडीहरु, नेपालका अन्य खेलाडीहरू र रुपन्देही लेजेण्ड्स गरी ४ टोलीबीचको प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

मैदानको ब्राण्ड एम्बेस्डरसमेत रहेका पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले ९ महिनाअघि क्रिकेट मैदान बनाउने भन्दा सपना जस्तो लागेको तर छोटो समयमा पनि मैदानको निर्माण हुँदा एउटा मिराकल नै भएको जस्तो लागेको बताए ।

मैदान निर्माणमा संलग्न उनले दिन रात, जाडो गर्मी नभनी सबैले मिहिनेत गरेका कारण मैदान बन्न सकेको बताए ।

यो मैदान निर्माण भएपछि नेपाली क्रिकेटलाई एउटा प्लेटफर्म थपिएको र यसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पूरा पुर्‍याउने शक्तिले बताए ।

नेपाल क्रिकेट संघ क्यानका सचिवसमेत रहेका पूर्व कप्तान पारस खड्काले क्यानले पनि नयाँ प्रतियोगिता गर्न मैदान पाएको भन्दै खुसी व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?