+
+

पाल्पामा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १४:४३

७ फागुन, काठमाडौं । पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लु २ ख ५६१ नम्बरको टिपर आज बिहान ९ बजे दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनिष परियार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले जानकारी दिए । उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको श्रेष्ठले बताए ।

दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट इन्सपेक्टरको कमाण्डमा टोली खटिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?