+
+

अवैध रुपमा माटो ओसारपसार गरेको आरोपमा पोखरामा ४ टिपर नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १८:५५

३ वैशाख, काठमाडौं । पोखराको फेवाताल क्षेत्र पामेबाट अवैध रुपमा राष्ट्रबैंक चोकतर्फ लैजाँदै गरेको माटोसहित ४ वटा ४ टिपर जिल्ला  प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले ग १ क ४१६०, ग १ क ४२८६, ग १ क ४२९४ र ग १ क ४०८९ नम्बरको टिपरलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका टिपरबाट स्विकृति खुल्ने कुनै आवश्यक कागज फेला नपरेकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

नियन्त्रमा लिइएका टिपरलाई थप अनुसन्धान तथा कारवाहीका लागि पोखरा महानगरपालिका पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकार प्रहरी नायब निरीक्षक कुमार शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?