+
+

पेरिस ओलम्पिकको एसियाली छनोट खेल्ने ७ जना तेक्वान्दो खेलाडी छानिए

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते २०:०९

७ फागुन, काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक तथा पारा ओलम्पिक गेम्सका लागि एसियाली छनौटतर्फ ७ जना खेलाडी छानिएका छन् ।

सोमबार संघको सातदोबाटो स्थित तेक्वान्दो एकेडेमी हलमा उक्त खेलाडीहरू छानिएका हुन् ।

छनोट हुनेमा तेक्वान्दो ग्यरोगी विधातर्फ महिला ४९ केजीमुनि नेपाल प्रहरीकी अन्जली तामाङ्ग, महिला ६७ केजीमुनि नेपाल प्रहरीकी इन्दिरा बस्नेत, पुरुष ५८ केजीमुनि नेपाली सेनाका राहुल कुमाल र पुरुष ६८ केजीमुनि नेपाल प्रहरीका विरबहादुर महरा छनौट भएका छन् ।

त्यस्तै, पारा तेक्वान्दो तर्फ (के.४४) क्याटेगोरी अनुसार पारा महिला ५७ केजीमुनि पलेशा गोवर्धन, पुरुष ६३ केजीमुनि भरतसिंह महता र पुरुष ५८ केजीमा अमीर भ्लोन छनौट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

आगामी फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक तथा पारा ओलम्पिक गेम्सका लागि विश्व तेक्वान्दो महासंघ (डब्लु.टी)ले कार्यक्रम आयोजना गर्दैछ ।

कार्यक्रम अनुसार सन् २०२४ मार्च १५ देखि १७ तारिखसम्म मित्रराष्ट्र चीनको ताईयाङ शहरमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?