+
+

दोस्रो सन्तानको रुपमा विराट-अनुष्कालाई पुत्रलाभ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते २२:०६

काठमाडौं । विराट कोहली र अनुष्का शर्मा फेरि अभिभावक बनेका छन् । अनुष्काले फेब्रुअरी १५ मा छोरालाई जन्म दिएकी हुन् । यो दम्पतीले सामाजिक संजालमार्फत आफूहरुले दोस्रो सन्तानलाई स्वागत गरेको जनाएका छन् ।

दम्पतीले छोराको नाम अकाय राखेका छन् । यसको अर्थ निराकार वा पूर्णिमा वा पूर्णिमाको प्रकाश भन्ने हो । उनीहरुको पहिलो सन्तानको रुपमा छोरी वामिका छिन् ।

दोस्रो सन्तानबारे जानकारी दिँदै विराट-अनुष्काले भनेका छन् : हामीलाई तपाईंहरुको प्रार्थना चाहिन्छ । कृपया यस समयमा हाम्रो गोपनीयताको ख्याल राखिदिनुहोला ।’

केही दिनअघि दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डिभिलियर्सले आफ्नो युट्युब लाइभ स्ट्रिममा कोहली बुवा बन्ने खबर खुलाएका थिए । एबीले उक्त अन्तर्वार्तामा कोहली बुवा बन्न लागेको र जसको कारण इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिजबाट ब्रेक लिएको बताएका थिए ।

विवाहको ३ वर्षपछि अनुष्काले सन् २०२० मा आफू गर्भवती भएको घोषणा गरिन् । सन् २०२१ मा उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा छोरी वामिकालाई जन्म दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?