+
+

सीतापाइला घटना : काजीको शव पोष्टमार्टमका लागि पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १३:५४

९ फागुन, काठमाडौं । परिवारका तीन सदस्यको हत्या गरेर आत्महत्या गरेका काजी भनिने राजु घिमिरे (विश्वकर्मा) को शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइने भएको छ ।

नागार्जुन नगरपालिका ६ बैराग टोलमा काजीले श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी र साढे २ वर्षकी नातिनीको हत्या गरेका थिए । घटनापछि उनी आफैंले आफन्तलाई फोन गरेर तीन जनाको हत्या गरेको सूचना दिएका थिए ।

घटनाको सूचना पाएलगतै प्रहरीले उनको खोजी गरेको थियो । तर घरभन्दा केही पर उनको शव भेटिएको छ । नागार्जुन-५ सितापाइला हरिसिद्धीकी सुधा तामाङको घरभन्दा केही माथि ढल्किएको रुखमा उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।

सुधाका अनुसार बिहान ११ बजेतिर आँगनमा निस्किएर हेर्दा उनले केही झुण्डिएको जस्तो देखेकी थिइन् । छिमेकीलाई बोलाएपछि मान्छे झुण्डिएको निष्कर्षसहित उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार बिहान ११ बजेर १३ मिनेटमा रुखमा मान्छे झुण्डिएको भनेर खबर आएको थियो । प्रहरीले उनको शव रुखबाट निकालेर पोष्टमार्टमका लागि पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?