+
+

भारतमा नेक्सन र टियागो गाडीको मूल्य घटे पनि नेपालमा नघट्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १३:००

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भारतमा मूल्य समायोजन गरिएका टाटा नेक्सन के३ र टाटा टियागा ईभी मिडियम रेञ्ज नेपालमा सार्वजनिक हुन बाँकी रहेको जनाएको छ । ती ईभी गाडीहरु नेपाली बजारमा सार्वजनिक गर्दा समायोजित मूल्यमा नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

टाटाका नेपाली बजारमा उपलब्ध टियागो ईभीको भेरियन्टहरुमा जम्मा १५ हजार मात्र घटेको र उक्त गाडीहरु ‘नाडा अटो शो’ देखि नै ‘इन्ट्रोडक्टरी’ मूल्यमा सिप्रदीले उपलब्ध गराइरहेको छ ।

यसबीचमा भारतमा मूल्य बढाउँदा पनि सिप्रदीले पुरानै मूल्यमा गाडी उपलब्ध गराएको हुनाले हाललाई टियागो ईभीको मूल्य यथावत नै रहने छ ।

अहिले नेपाली बजारमा टाटा टियागो लङ्‍ग रेन्जको २५.४९ लाखदेखि २७.९९ लाखमा छ भने नेपालमा सर्वाधिक रुचाइएको नेक्सन इभी ४५.९९ लाख रूपैयाँमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?