+
+

धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १६:०१

काठमाडौं । धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ आयोजना गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले लाङ्घाली सभाहलमा आयोजना गरेको महोत्सवमा ४४ भाषाका ४४ वटा कविता वाचन गरिएको थियो ।

महोत्सवमा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले भाषाको शक्ति सञ्चार गर्नु  रहेको र मातृभाषा बिना एक सेकेन्ड पनि बाँच्न नसकिने बताए । ‘राज्यले भाषामाथि विभेद गरेको छ । स्थानीय तहले बाटोघाटो बिजुली र पुल आदि निर्माणका लागि बजेट छुट्याउँछ तर भाषाको विकासको बारेमा त्यति चासो राख्दैन,’ उनले भने ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले भाषासँगै इतिहास र संस्कृति जोडिएको हुने बताए । ‘राजनीतिक दृष्टिकोणबाट भाषा भनेको सबैभन्दा ठूलो शासन हो भन्ने मेरो ठम्याइ रहेको छ । अरूबाट शासित भयो भने भाषा लोप हुने खतरा देख्छु,’ उनले भने ।

भाषाविद् प्रा. डा. टंकप्रसाद न्यौपानेले भाषा विचार विनिमयको सशक्त माध्यम भएको बताए । ‘प्रत्येकको मातृभाषा पहिलो प्राप्ति भाषा भएकाले अरू सिकाइका भाषा हुन्,’ उनले भने ।

उक्त अवसरमा प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ यस वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराव भाषाका साहित्यकार बेचन उरावलाई प्रदान गरियो । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?