+
+

नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट र साइन रेसुङ्गाको बोनस सेयर सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १७:५२

१३ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा ३ कम्पनीहरु नेपाल इन्स्योरेनस, शिवम् सिमेन्ट र साइन रेसुङ्गा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । यी कम्पनीको बोनस सेयर सूचीकृत भएसँगै अब लगानीकर्ताले डिम्याट खातामा आएको सेयर बिक्री गर्न बाटो खुलेको छ ।

नेपाल इन्स्योरेन्सले यसअघि सर्वसाधारणलाई दिएको १० प्रतिशत अर्थात् १४ लाख ९४ हजार ७६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै शिवम् सिमेन्टको १४.२५ प्रतिशत बोनस सेयर अर्थात् कुल ६२ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।  त्यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत अर्थात् ४४ लाख ९८ हजार ७७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?