
१० मंसिर, काठमाडौं । नेपाल इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ बराबर छ । घोषित लाभांश बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ ।
गत वर्ष कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । हाल बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८४ रुपैयाँ ७० पैसा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4