+
+

नारायण घिमिरेको ‘गाउँले दशैं-तिहार, चौरासी व्यञ्जन र सोमरस’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १२:३५

काठमाडौं । नारायण घिमिरेको ‘गाउँले दशैं-तिहार, चौरासी व्यञ्जन र सोमरस’ पुस्तक बजारमा आएको छ ।

खाद्य तथा औषधिविज्ञको रूपमा १७ वर्षदेखि क्यानडालाई कर्म क्षेत्र बनाएका अथर्ववेदाचार्य घिमिरेले यो पुस्तकलाई वेद र विज्ञानको दृष्टिकोणबाट लेखेका छन् । पुस्तकमा उनले दशैंको चमत्कारी मालश्री धुन र त्यसको मानव मनोविज्ञानमा हुने गहिरो प्रभावबारे लेखेका छन् ।

पुस्तकमा वैदिक खानपान र तिनका रहस्य उजागर गर्दै दशैं र तिहारमा हाम्रो परम्परामा रहेका मुख्य खानाको पोषण लगायत औषधीय मूल्यको मात्र नभएर त्यसको आध्यात्मिक मूल्यबारे पनि चर्चा गरिएको छ । दशैं र तिहार पर्व कसरी हरेक व्यक्तिको लागि पर्व मात्र नरहेर आफैंलाई पुनः आविष्कार गर्ने अवसर हो भन्नेबारे पुस्तकले गहिरो अवधारणा अघि सारेको छ ।

शिखा बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य ५२५ रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?