+
+

अख्तियारले मुद्दा दायर गरेपछि माओवादी नेता गगन पुरीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १३:०६

१५ फागुन, विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका कोषाध्यक्ष गगन पुरीले जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

झापाको बालुवाटार जग्गा प्रकरणमा अख्तियारले अभियुक्त बनाएपछि पुरीले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

झापाको दमक नगरपालिका वडा नं १३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको उत्तरतर्फका सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा नापी र मालपोतका कर्मचारी, जग्गाधनी र बिचौलियालाई मुद्दा दायर गरेको थियो ।

२८ माघमा विशेष अदालतले पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?