+
+

कोरियाको चेओरवन शहरसँग भगिनी सम्बन्ध जोड्दै ललितपुर महानगर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १३:१७

१५ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकासँग दक्षिण कोरियाको चेओरवन शहरले मीत लगाउने वाचा गरेको छ ।

मंगलबार ललितपुर महानगर आइपुगेका त्यहाँका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डलले आगामी भ्रमणमा ललितपुरसँग भगिनी सम्बन्ध कायम गर्ने गरी आउने बताएका हुन् ।

ललितपुर महानगरको निमन्त्रणामा ललितपुरका अभ्यासहरू हेर्न चेओरवन सहरका मेयरसहितको प्रतिनिधिमण्डल आएको हो ।

चेओरवनका मेयर जोङले ललितपुरको कला, संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताए । उनले काष्ठकला, धातुकला र ढुंगामा चित्र खोपेर व्यक्त गरिने कला धेरै राम्रो लागेको बताए ।

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्न यो भ्रमण महत्वपूर्ण हुने उनले बताए । यसमा समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्ने बताए ।

ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्न गरिएको यो भ्रमण महत्वपूर्ण हुने बताए ।

चेओरवन सहरका केही असल अभ्यास ललितपुरले अनुशरण गर्दै कार्यान्वयन गर्ने तयारी गरेको महर्जनले बताए । महर्जन गत असोजमा कोरिया गएका थिए ।

चेओरवन मेयर जोङले आफ्नो सहरमा ललितपुर प्रमुख सहितको टिमलाई निम्ता दिँदै कोरियामै भगिनी सम्बन्ध कायम गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने बताए ।

उप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपालीले पाहुनालाई भगवान मान्ने बताउँदै कोरियाको चेओरवनका मेयरसहितको समूहलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताइन् ।

कोरियाबाट नेपालले उत्पादन, पर्यटन र पर्यावरण क्षेत्रमा धेरै कुरा सिक्नुपर्ने बताइन् । दुई सहरले एकअर्काका असल अभ्यास सिक्नुपर्ने धारणा उनले राखिन् ।

मेयर जोङको आठ सदस्यीय प्रतिनिधिमण्डलमा योजना निर्देशक, पर्यटन योजना विभाग निर्देशक, संस्कृति र खेलकुद विभाग निर्देशक, अन्तर्राष्ट्रिय अफेयर्स इन्चार्ज लगायत छन् ।

तीनदिने भ्रमणमा उनीहरूले पाटन दरबार क्षेत्रको अवलोकन, बुङमतीका सम्पदा अवलोकन गर्नेछन् । यसैगरी पाटनको हेरिटेज रुटमा हिंड्ने कार्यक्रम समेत छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?