+
+

ललितपुर महानगरकी प्रमुख प्रशासकीय अधिकृतमा रेखा दास

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २५ गते २०:१५

२५ वैशाख, काठमाडौं । ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रेखादास श्रेष्ठले सम्हालेकी छिन् ।

प्रधानमन्त्री कार्यालयबाट सरुवा भएकी उनले महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मंगलबारदेखि सम्हालेकी हुन् ।

यसअघि वीरेन्द्रदेव भारती महानगरको प्रमुख प्रशासकीय अधिकृतमा थिए । भारती भरतपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने गरी सरुवा भएपछि दास आएकी हुन् ।

२०७४ सालमा शाखा अधिकृतबाट लोकसेवा प्रवेश गरेकी दास २०७८ मा सहसचिवमा नाम निकालेकी थिइन् ।

यसअगाडि प्रधानमन्त्री कार्यालयमा संघीयता कार्यान्वयन एकाईमा बसेर काम गरेकी दासले पहिलो पटक स्थानीय तहको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेकी हुन् ।

जिम्मेवारी सम्हाल्दै प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले कानुनले दिएको अधिकार प्रयोग गरी इमान्दार भएर काम गर्ने बताएकी छिन् ।

दासको स्वागत गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले पहिलो महिला प्रमुख प्रशासकीय पाएको भन्दै रिजल्ट निकाल्नेगरी काम गर्न सहकार्य गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?