+
+

ललितपुरमा मोबाइल एपबाट नगर प्रहरी बोलाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते २०:३६

१७ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने समस्याको गुनासो, सूचना र उद्दारको मागको लागि मोबाइल एप ल्याएको छ । महानगर प्रहरी मार्फत सञ्चालन हुने उक्त ‘एलएमसी अलर्ट मोबाइल एप’ विहीबारदेखि सार्वजनिक प्रयोगमा ल्याइएको हो ।

‘महानगरपालिका भित्र आगलागी भएको, ढल, मंगाल फुटेको, विपद व्यवस्थापनको लागि तत्काल गर्नुपर्ने कामदेखि फुटपाथ अतिक्रमण, सार्वजनिक जग्गा अतिक्रमणको गुनासो ३ ट्याप गरेर महानगर प्रहरीलाई सन्देश दिन मिल्ने प्रणालीको एप सुरु भएको हो’, ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले भने,

उनले तत्काल आवश्यक पर्ने सवारी एम्बुलेन्स, दमकल, शववाहन, भेटनेरी एम्बुलेन्स लगायतलाई खबर गर्न मिल्ने बताए । ‘हामीले २१ वटा सूचना, जानकारी, गुनासो महानगर प्रहरीलाई नोटिफिकेसन आउने गरी एप्लिकेसन सुरु गरेका हौं । यो नेट नभएको बेला पनि थिच्यो भने नगर प्रहरीलाई मेसेज पुग्छ’, नगर प्रहरी प्रमुख हाछेथुले बताए ।

इन्टरनेट भएको ठाउँमा मोबाइल एपको माध्यमबाट सिधै फोटो र भिडियो सहित नगर प्रहरीलाई सूचना दिन मिल्ने हाछेथुले बताए । ‘इन्टरनेटको सुविधा नभएको ठाउँमा स्मार्ट अफलाइन अन गरेपछि एप्लिकेसनले नै एसएमएस नम्बर दिन्छ, त्यहाँ मेसेज गरेपछि सिधै कन्ट्रोल रुममा म्यासेज आउँछ ।’

यसरी आएको अलर्ट सिधै नगर प्रहरीको कन्ट्रोल रुममा लोकेसनसहित आउने र तत्काल समस्याको समाधानको लागि ठूलो मद्दत पुग्ने हाछेथुले बताए । महानगरले सूचना दिने व्यक्तिको पूर्ण गोपनीयताको अधिकार कायम राख्ने पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?