+
+
Shares

कांग्रेस वडा अधिवेशन : विराटनगरमा दुई पक्षबीच कुटाकुट

वडा अधिवेशनमा सहमति नभएपछि मतदान भएको थियो । वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर महानगरपालिका–६ को नेपाली कांग्रेस वडा अधिवेशनमा शुक्रबार दिउँसो दुई पक्षबीच कुटाकुट भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
  • मोरङ प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार इरसाद अहमदलाई नियन्त्रणमा लिएको जनाएको छ।
  • कुटाकुटका कारण केही समय रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको छ।

९ असोज, विराटनगर । विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।

विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच कुटाकुट भएको हो ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुटाकुट भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद भएको थियो । मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार दुई पक्षबीच विवाद भएको थियो ।

कुटाकुटपछि प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर – ६ का इरसाद अहमदलाई  नियन्त्रणमा लिएको छ ।

कुटाकुटका कारण केही समय  रोकिएको मतदान प्रक्रिया पुन सुरु भएको छ ।

वडा अधिवेशनमा सहमति नभएपछि मतदान भएको थियो । वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

यता नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का कार्यवहाक सभापति चुमनारायण तवदारले वडा अधिवेशन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?