+
+

रास्वपाले इलाम-२ का ६ पालिकामा ६ सांसद पठाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १२:१८

१८ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ का ६ पालिकाका नागरिकसँग संवाद गर्न केन्द्रीय नेतालाई पठाउने भएको छ ।

उपनिर्वाचनको मिति तोकिएपछि चुनाव केन्द्रित छलफलका लागि ६ जना सांसदलाई पठाउन लागिएको रास्वपाले जनाएको छ ।

केन्द्रीय सदस्य एवम् सांसदहरु सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिका जाने भएका छन् ।

रास्वपाका अनुसार ६ सांसदहरु शुक्रबार साँझ इलाम पुग्ने छन् । १९ फागुनमा पालिकाहरुमा हुने नागरिकसँगको संवादमा सहभागी हुने गरी कार्यक्रम तय गरिएको छ ।

स्थानीय मतदातासँग भेटघाट र छलफल गर्ने कार्यक्रम रास्वपाले बनाएको छ । क्षेत्रगतको वस्तुगत अवस्था बुझ्न केन्द्रीय नेताहरु जान लागेको पार्टी महामन्त्री एवंम प्रवक्ता मुकुल ढकालले जानकारी गराए । ‘जनताका कुरा सुन्न जान्न लाग्नुभएको हो । आफ्ना धारणा नराखेर स्थानीयका कुरा सुनेर फर्कनुहुन्छ,’ ढकालले अनलाइनखबरसँग भने ।

इलाम-२ मा छ पालिकामध्ये चारवटाका सबै वडा पर्दछन् । इलाम नगरपालिकाको वडा नम्बर १० बाहेक सबै वडा यस निर्वाचन क्षेत्रमा पर्दछ । माइ नगरपालिकाका वडा नम्बर ६, ७ र ८ मात्रै यस निर्वाचन क्षेत्रमा पर्दछन् ।

क्षेत्रगत अवस्था बुझ्नका लागि रास्वपाले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाममा पठाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?