+
+

एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा ५ नेपाली खेलाडी सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १९:१३

१८ फागुन, काठमाडौं । विश्व र्‍याफ्टिङ महासंघको आयोजना तथा भारतीय फाउन्डेसनको तत्वावधानमा हुने एसियाली र्‍याफ्टिङ च्याम्पियनसिपमा ५ नेपाली खेलाडी सहभागि हुने भएका छन् ।

मार्च ३ देखि १० तारिखसम्म हुने प्रतियोगितामा ५ खेलाडीसहित ७ सदस्य नेपाली टोली शनिबार भारतको हिमान्चल प्रदेश जाँदैछन् ।

खेलाडीहरु सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ र डम्बरबहादुर पुर्वाछानेले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । वैकल्पिक खेलाडीमा दीपेश पुन मगर रहेको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।

अफिसियलमा संघका कोषाध्यक्ष महेश थापा र प्रशिक्षकमा भीष्मराज थपलिया छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

उक्त अवसरमा राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद जोशी, सचिव सुनिल अर्याललगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?