+
+

महिला फुटबल टोली स्वदेश फर्कियो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते २३:४८

१८ फागुन, काठमाडौं । साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली शुक्रबार राती स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई लगायतले स्वागत गरे ।

नेपालले पहिलो पटक वाफ वुमन्स च्याम्पियनसिप खेलेको हो । बिहीबार जेद्दाहमा भएको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टीसुटआउटमा ५-३ ले पराजित हुँदै उपविजेता बनेको हो ।

नेपाली टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा र गीता राना भने साउदीबाटै इन्डियन वुमन्स लिग खेल्न भारत गएका छन् । सेथु एफसीबाट खेलिरहेका दुई जना ब्रेक लिएर राष्ट्रिय टोलीमा खेल्न आएका थिए । यी दुई बाहेक किकस्टार्टबाट खेल्ने प्रीति राई र दीपा शाही तथा स्पोर्ट्स ओडिशाबाट खेल्ने रश्मि कुमारी घिसिङ र अमृता जैशी भने टिमसँगै नेपाल फर्किएका छन् । उनीहरु पछि भारतमा लिग खेल्न जाने बताइएको छ ।

फाइनलमा खेलमा घाइते भएकी प्रीति र रश्मि ह्विलचियरको सहायता लिएर फर्किकएका छन् ।

नेपाली टोलीकी फरवार्ड तथा वाफ च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता बनेकी सावित्रा भण्डारी भने फाइनलअघि नै फ्रान्स फर्किसकेकी छन् । फ्रेन्च क्लब इए गुइग्याम्पमा अनुबन्ध भएकी सावित्राले क्लब ड्युटीका कारण जोर्डन विरुद्धको फाइनल खेल गुमाएकी थिइन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?