+
+

मेनुका पौडेलले ल्याइन् नयाँ गीत ‘छुनै हुन्न जस्तो’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते २०:०१

काठमाडौं । गायिका मेनुका पौडेलको स्वरमा नयाँ गीत ‘छुनै हुन्न जस्तो’ युट्युवमा सार्वजनिक भएको छ । गीतमा सीडी विजय अधिकारीको संगीत र प्रदीप चापागाईंको शब्द रचना छ ।

गीतले युवायुवतीको प्रेम भाव दर्शाउँछ । माया व्यक्त गर्न धक मान्ने अन्तरमुखी स्वभावको भाव गीतमा समावेश छ । गीतले दर्शकलाई एकसाथ कथा पनि वाचन गर्छ ।

गीतको भिडियोमा प्रभात पल ठकुरी र जुना सुन्दासको अभिनय छ । अर्जुन तिवारीले खिचेको भिडियो निर्देशन शान थापाले गरेका छन् । इण्डियन आइडलबाट बाहिरिएपछि मेनुकाले काठमाडौं आएर यो गीत रेकर्ड गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?