+
+

झापामा एकल साँझमा गुञ्जिए यम बराल, मेनुका पौडेलले गाइन् ‘बादलुको घुम्टो’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते ७:२७

काठमाडौं । गायक यम बरालले झापाको विर्तामोडमा एकल साँझ गरेका छन् । प्याब्सन अर्जुनधाराद्वारा आयोजित ‘यम बराल एकल सांगीतिक साँझ’मा उनले करिब एक दर्जन लोकप्रिय गीत लाइभ ब्याण्डमा गाएर दर्शक-श्रोतालाई मन्त्रमुग्ध बनाए ।

यसअघि गत कात्तिक १८ मा काठमाडौंको प्रज्ञा भवनमा एकल लाइभ कन्सर्ट गरेका यम बरालको सांगीतिक करिअरमा यो तेस्रो एकल साँझ हो ।

झापा र छिमेकी जिल्लाबाट समेत आएका भरिभराउ दर्शकमाझ यमले आफ्नो चर्चित गीत ‘मन रहे पो माया प्रीति’ गाएर एकल कन्सर्टको सुरुवाता गरे । त्यसपछि उनले दिलमाया दिलमाया, अब चोटहरुले, बादलुको घुम्टो, निष्ठुरीले छाडेर गइहाली, माया बस्यो मुटुमा, सनम माया लाकोसहित १५ वटा लोकप्रिय गीत सुनाए । कन्सर्टमा दर्शकले यमलाई नाचेर पनि साथ दिएका थिए ।

कन्सर्टको अर्को आकर्षइमा इण्डियन आइडलकी प्रतिस्पर्धी समेत रहेकी गायिका मेनुका पौडेल थिइन् । उनलाई सम्मान गरिएको उक्त कार्यक्रममा मेनुकाले यम बरालको ‘सिग्नेचर सङ’ ‘बादलुको घुम्टो’ आफैंले हार्मोनियम बजाएर लाइभ ब्याण्डका साथ प्रस्तुत गरिन् । उनले यम बरालसँग स्टेज सेयर गर्न पाउँदा निकै खुसी लागेको समेत बताइन् ।

कन्सर्टपछि यमले आफू लाइभ ब्याण्डसहितको प्रस्तुतिमा पछिल्लो समय केन्द्रित भइरहेको अनलाइनखबरलाई बताए । ‘यसले दर्शक-श्रोतालाई संगीतको वास्तविक गहिराइमा पुर्‍याउँछ भन्ने मैले ठानेको छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?