+
+

चकलेट दिएर नाबालिगलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १३:२६

२१ फागुन, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर–९, शिवपुरी चोकमा नाबालिगलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख स्थायी घर भइ गोकर्णेश्वरमा डेरा गरी बस्दै आएका २३ वर्षीय आर्यन भन्ने राजन सुनार छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, पीडितले केही दिनदेखि पिसाब फेर्न भएर रुन थालेपछि आमाले घटनाबारे थाहा पाएकी थिइन् ।

२२ माघमा उपचारका लागि नजिकै रहेको मेडिकलमा लैजाँदा चिकित्सकहरुले समेत शंकास्पद रहेको बताएको जाहेरीमा उल्लेख छ । त्यसपछि छोरीलाई फकाएर सोधपुछ गर्दा छोरीले १२ पुसमा फूपूको साथी पर्ने आर्यनले आएर जबरजस्ती करणी गरेको बताएको उनले जाहेरीमा भनेकी छन् ।

‘मलाई चक्लेट दिन्छु भनेर शौचालयमा लगेर शरीरको … गर्नुभयो र त्यसपछि लुगा लगाएर फेरि कोठामा राखेर कसैलाई नभन्न भन्नुभएको थियो’, पीडितले भनेकी छन् ।

‘आर्यन दादा कोठामा आएपछि फूपू चटपटे किन्ने पसलमा जानुभएको थियो, त्यतिबेला म शौचालयमा गएको थिएँ’, उनले भनेकी छन्, ‘त्यतिबेला दादा करणी गर्नुभएको हो ।’

आरोपीले आर्यनले भने प्रहरीसँग इन्कारी बयान दिएका छन् । पीडितको स्वास्थ्य जाँच परीक्षणमा भने संवेदनशील अंगमा घाउ देखिएको छ ।

प्रहरीले यो विषयमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रतिवेदनका आधारमा सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?