+
+

यूएई भ्रमणकै बेला पदमुक्त हुँदै श्रममन्त्री भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १३:५९

२१ फागुन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी यूएई भ्रमणकै रहेका बेला पदमुक्त हुने भएका छन् । मन्त्री भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धन गर्ने सहमति गरेसँगै श्रममन्त्री भण्डारी बिदेशमै रहेका बेला पदमुक्त हुन लागेका हुन् ।

आबुधाबी डाइलगमा सहभागी भएर फागुन पहिलो साता नेपाल फर्किएका मन्त्री दुई सातापछि नै फेरि यएई भ्रमणमा गएका थिए । वैदेशिक रोजगार व्यवयायी संघले सरकारी खर्चमा आइतबार आयोजना गरेको ‘दुबई रोजगार मेला’को उद्घाटनका लागि उनी युएई पुगेका हुन् ।

मन्त्रालय स्रोतका अनुसार श्रममन्त्री भण्डारी मंगलबार नेपाल फर्किने कार्यक्रम छ । तर, प्रधानमन्त्री प्रचण्डले सोमबार नै सबै मन्त्रीहरु हटाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?