+
+

खतिवडाको पुस्तक ‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १६:१३
पुस्तक सार्वजनिक गर्न आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटा, लेखक खतिवडा लगायत । तस्वीरः दीपेन्द्र ढुंगाना

२१ फागुन, काठमाडौं । एक्काइसौँ शताब्दीको पहिलो साढे दुई दशकका विशेषताहरु चित्रण गरिएकोे ‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक सार्वजनिक भएको छ ।

आइतबार नयाँ बानेश्वरस्थित उमोजा कफीमा एक समारोहबीच पुुस्तक सार्वजनिक गरिएको हो ।

‘वर्तमान समयमा डेटामा आधारित कर्पोरेट र सरकारी निगरानीबाट छुट्कारा पाउन आम मानिसले संघर्ष गरिरहेका छन्’, लेखक रोहेज खतिवडा भन्छन्, ‘स्वतन्त्रता र निगरानीबीच आम मानिसले गरिरहेको त्यही संघर्ष देखाउने किताब हो ‘२१ औं शताब्दीमा निगरानी र स्वतन्त्रता’ ।’

किताबमा युुभल नोह हरारी, अरुन्धती रोय, बाराक ओबामा, एलिस इभान्स, धीरेन्द्र के झा, यानिस भारुफाकिस, दीपा सीतारमण, इमिली ग्लेजर, देवाशिष रोय चौधरी, मन्सुर हेक्मत र पल म्यासनका अनुवादित लेखहरु समेटिएका छन् ।

पछिल्लो समयमा छापिएका यी ११ लेखकका लेखहरु खतिवडाले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

प्रविधिमा आधारित जायन्ट टेक कम्पनीको एकाधिकार र त्यसको संरक्षणका लागि उदाइरहेको फासीवादी सत्ताको गठजोडसँग आम मानिसको कस्तो संघर्ष हुन्छ भन्ने विषयहरु पुस्तकमा रहेको अनुवादक खतिवडाले बताए ।

पुस्तक सार्वजनिक कार्यक्रममा कथाकुथुङ्ग्री समूहले किताब वाचन र अनुवादकसँग संवाद गरेको थियो । नीलाले क्यालिग्राफी गरेका थिए । र, द एरोइज ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो ।

पुस्तक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूूसाल, माओवादी नेता पम्फा भुसाल, धर्मशीला चापागाईं, लेखक नारायण वाग्लेलगायतको उपस्थिति रहेको थियो ।

पुस्तकलाई इन्डिगो इनक प्रालिले बजारमा ल्याएको हो । यसको मूल्य ४४९ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?