+
+

रुखमा अड्किएका दुई प्याराग्लाइडरको सशस्त्र प्रहरीद्वारा उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १८:४२

२१ फागुन, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्नेक्रममा सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका १८ सारङकोट बस्ने २९ वर्षीय रविन्द्र ढकाल (पाइलट) र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ विशालनगर बस्ने २६ वर्षीय सिद्धान्त बस्नेत सोमबार रुखमा अड्किएका थिए ।

प्याराग्लाइडिङ गर्नेक्रमा हावाको प्रभावले प्याराग्लाइडर अनियन्त्रित उनीहरु नवोदय सामुदायिक बन चप्पनको जंगलमा करीब सय फिट अग्लो रुखमा अड्किएका थिए ।

घटनाबारे जानकारी पाएपछि उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण उदयपुरबाट सुरक्षा फौज परिचालित भई उनीहरुको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापले जानकारी दिए ।

स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायको सहयोगमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त फौजले रोप रेस्क्यु विधि अपनाई उनीहरुको उद्धार गरेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?