+
+

नेता चोकमा घाइते अवस्थामा भेटिएका व्यक्तिको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते ९:३९

२२ फागुन, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ नेता चोकमा घाइते अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ ।

विराटचोक–घिनाघाट सडकखण्डको नेता चोकमा घाइते अवस्थामा भेटिएका ग्रामथान गाउँपालिका–६ का अन्दाजी ३१ वर्षीय सुरज माझीको मृत्यु भएको हो । उनलाई सवारीले ठक्कर दिएको थियो । तर ठक्कर दिने सवारी खुलेको छैन ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटचोक–घिनाघाट सडकखण्डअन्तर्गत ग्रामथान–६ नेताचोकमा टाउकोमा चोट लागेको गम्भीर अवस्थामा राति ९ : २० बजेतिर माझी फेला परेका थिए ।

उपचारका लागि उनलाई कोशी अस्पताल लगिएको थियो । लगतै  चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनाको प्रकृति हेर्दा पैदल हिँडिरहेका बेला माझीलाई पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिएको जस्तो देखिएको प्रहरीले बताएको छ । ठक्कर दिने सवारीसाधन भेटिएको छैन ।

दुर्घटनामा संलग्न सवारीसाधानको खोजी सुरु गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?