+
+

चेक लिष्टसहित आएका छौं : रवि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १३:४०

२५ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफूहरु कामका लागि सूची बोकेर आएको बताएका छन् ।

गृहमन्त्री भएको दुई दिनपछि सामाजिक सञ्जाल मार्फत आफू कम्प्रोमाइज नहुने बताएका छन् । ‘चेक लिस्ट’ सहित आएका छौं । ‘कम्प्रोमाइज’ हुन्न । केही समय ‘होम वर्क’ मा रहनेछौं,’ गृहमन्त्री रविले लेखेका छन् ।

नयाँ गठबन्धनमा रास्वपाबाट चार मन्त्री बनेका छन् । उपप्रधान सहित गृह मन्त्रालयको जिम्मेवारी रविले सम्हालेका छन् । उपसभापति डीपी अर्यालले श्रम तथा रोजगार मन्त्रालय, सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

नयाँ गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जनता समाजवादी र एकीकृत समाजवादी सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?