+
+

शिक्षाका निजामति कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १५:३२

२५ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन  शाखाले वैदेशिक अध्ययन छात्रवृत्तिको लागि आवेदन माग गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (जनशक्ति योजना तथा विकास शाखा) ले जापान तथा कोरियामा स्नातकोत्तर र विद्यावारिधीको लागि आवेदन खुला गरेको जनाएको छ ।

निजामति सेवा ऐन तथा नियमावलीका प्रावधान र तोकिएका मापदण्ड अनुसार शिक्षा मन्त्रालय तथा अन्तर्गत कार्यरत इच्छुक निजामति कर्मचारीले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । इच्छुक उम्मेदवारले ६ चैतभित्र आवेदन दिनुपर्नेछ ।

मन्त्रालयले वाटर इन्जिनियरिङ एन्ड युटिलिटी म्यानेजमेन्छ फर फ्युचर लिडर्स, ग्लोबल एजुकेशन लिडरसीप लगायत ६ वटा शैक्षिक कार्यक्रमको लागि ४२ वटा छात्रवृत्तिमा आवेदन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?