+
+

अन्जन विष्टले फोर्टिस एफसीबाट बंगलादेश प्रिमियर लिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते ११:४३

२६ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड अन्जन विष्ट बंगलादेशी श्रीर्ष डिभिजनको क्लब फोर्टिस एफसीमा अनुबन्ध भएका छन् ।

अन्जनले अब बंगलादेशको श्रीर्ष श्रेणीको फुटबल लिग बंगलादेश प्रिमियर लिग खेल्नेछन् ।

नेपालका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जनलाई फोर्टिसले अनुबन्ध गरेको त्यहाँको अलनइन दी डेली स्टारले जनाएको छ ।

क्लबका म्यानेजर रसिदुल इस्लामले अन्जनलाई अनुबन्ध गरेको पुष्टि गर्दै उनको आगमनले क्लबको लागि फाइदा पुग्ने समेत बताएका छन् ।

‘अञ्जन नेपाली राष्ट्रिय टोलीका अनुभवी खेलाडी हुन् हुन् । उनले बंगलादेशविरुद्ध पनि ह्याट्रिक गरेका थिए । हामीलाई विश्वास छ उसले हामीलाई अगाडि बढाउन सक्छ,’ विष्टको अनबोर्डिङबारे रसिदुलले भने ।

उनले अघि भने, ‘हाम्रा चारै विदेशी खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् र उनीहरुको प्रदर्शनबाट हामी पूर्ण सन्तुष्ट छौं तर कहिलेकाही निलम्बन र चोटजस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ, त्यसैले अग्रपंतिमा गहिराई र विकल्पका लागि हामी विष्टलाई अनुबन्ध गरेका हौं ।’

२०२२ मा दशरथ रंगशालमा भएको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ ले हराउँदा अन्ननले नै ह्याट्रिक गरेका थिए ।

फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको खेलपछि अन्जन फोर्टिस क्लबमा समावेश हुने बंगलादेशी अनलाइनहरुले जनाएको छ ।

फोर्टिस एफसी ९ खेलबाट १२ अंकसहित १० टोली सम्मिलित लिगको अंक तालिकामा पाँचौं स्थानमा छ ।

२५ वर्षीय फरवार्ड अन्जनले नेपालका लागि हरि खड्का र निराजन रायमाझीसँगै सर्वाधिक १३ गोल गरेका छन् । सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै नेपालका लागि डेब्यु गरेका उनले नेपालका लागि ६१ खेल खेलेका छन् ।

अन्जनले यसअघि गत सिजन भारतीय आई पनि खेलेका थिए । उनले मुम्बई केन्क्रेबाट आइ लिग खेलेका थिए । घरेलु फुटबलमा एपीएफ मनाङ मर्स्याङ्दी र चर्च ब्वाइज युनाइटेडबाट ए डिभिजन लिग खेलिसकेका छन् ।

पछिल्लो पटक अन्जनले चर्च ब्वाइजबाट खेल्दै ए डिभिजन लिग जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?