+
+

शोधनान्तर बचत ३ खर्ब नजिक, चालु खाता १ खर्ब ६२ अर्ब बचतमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १५:२०

२७ फागुन, काठमाडौं । उच्च गतिको विप्रेषण (रेमिट्यान्स) वृद्धि रोकिँदा माघमा चालु खाताको वृद्धि पनि रोकिएको छ ।

चालु आर्थिक वर्ष (आव) २०८०/८१ सुरुबाट नै रेमिट्यान्स उच्च दरमा बढेको र आयात वृद्धि नहुँदा चालु खाता र शोधनान्तर बचत उललेख्य बढेको थियो ।

माघमा  शोधनान्तर बचत बढे पनि चालु खातामा भएको वृद्धि रोकिएको नेपाल राष्ट्र बैंककको तथ्यांकले देखाएको छ । पुस मसान्तमा १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको चालु खाता माघमा १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ  ।

गत आव २०७९/८० को सात महिना (माघ मसान्त) मा चालु खाता ४० अर्ब १६ करोडले घाटामा थियो ।

पुससम्म मासिक औसत १ खर्ब २० अर्बभन्दा माथि रहेको रेमिट्यान्स माघमा घटेको छ  । जसले गर्दा अन्य अवस्था यथावत हुँदा पनि चालु खाता बचत बढ्न नसकेकेको हो ।

यस्तै  चालु आव सात महिनामा पूँजीगत ट्रान्सफर २९ प्रतिशतले घटेर ३ अर्ब ८० करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक  छ ।

गत आव सात महिनामा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड कायम थियो । खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोडले धनात्मक थियो ।

शोधनान्तर बचत ३ खर्ब नजिक

रेमिट्यान्स औसतभन्दा कम आउँदा शोधनान्तर बचत वृद्धिदर पनि केही कम भएको छ । तर, माघ मसान्तमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आवको सात महिनामा  शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोडले बचतमा थियो । पुस मसान्तमा २ खर्ब ७३ अर्ब ५२ करोड बचतमा रहेको शोधनान्तर स्थिति माघमा पनि थप बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?