+
+

नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेर ब्याटिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते ६:४९

२९ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै छ ।

पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर फिल्डिङ रोज्दै पहिला ब्याटिङको निम्तो दिएका हुन् ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो । पपुवा न्युगिनीले आज नै यस खेलपछि हङकङकसँग खेल्नेछ । फाइनलमा पुग्न नेपाललाई जित्नै पर्ने दबाब छ ।

पछिल्लो खेलबाट नेपालले टोलीमा एक परिवर्तन गरेको छ । अभिनाश बोहराको स्थानमा आकाश चन्द खेलेका छन् । अभिनाश बिरामी भएका छन् । टोलीमा अन्य परिवर्तन भने गरेको छैन ।

नेपालको प्लेइङ ११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, विवेक यादव, करण केसी, आकाश चन्द, प्रतिश जिसी

बेन्च : राशिद खान, सागर ढकाल र अभिनाश बोहरा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?