+
+

युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १३:०४

२९ फागुन, काठमाडौं । राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।

मंगलबार भएको मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपछि शर्माको नाम अस्वीकृत भएको हो । शर्मा नेपाली कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार थिए ।

शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए ।

राष्ट्रिय सभाको अध्यक्षमा अर्का उम्मेदवार नारायण प्रसाद दाहाल छन् । दाहाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?