+
+

जडीबुटीबाट बेपत्ता पुरुषको शव चोभारमा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते २१:२६

२४ फागुन, काठमाडौं । काठमाडौंको जडीबुटीबाट बेपत्ता ६० वर्षीय अर्जुन लामा मृत अवस्थामा भेटिएका छन् ।

चोभारस्थित मञ्जुश्रीपार्क नजिकै बिहीबार लामाको शव भेटिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शेखर खनालले अनलाइनखबरलाई बताए ।

उनका अनुसार, केही दिनअघि पिकनिकमा गएका बालबालिकाले त्यहाँबाट एक जना व्यक्ति हामफालेको जस्तो देखिएको भन्दै खबर गरेका थिए । त्यसपछि सशस्त्र प्रहरी बलको टोली समेत परिचालन गरेर खोजी गरिएको उनी बताउँछन् ।

‘ड्रोन ल्याएर हेर्दा पनि देखिएको थिएन, तर आज शव भेटियो’ खनालले भने, ‘खोल्सातिर अड्किएको र बगाएर हल्का तल ल्याएपछि भेटिएको हो कि जस्तो प्रारम्भिक जाँचमा देखिन्छ ।’

शव भेटिएपछि खोजतलासका लागि निवेदन दिएकाहरुको हुलिया हेर्दा जडीबुटीबाट हराएकै अर्जुन लामाको शव भएको खुलेको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, लामाको परिवारले २२ फागुनमा घरबाट निस्किएका बुबा सम्पर्कविहीन भएको भन्दै खोजतलासका लागि प्रहरी वृत्त, बानेश्वरमा निवेदन दिएका थिए ।

प्रहरी क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा उनको खोजी गरिरहेको थियो । बिहीबार ललितपुर प्रहरीको क्षेत्रमा शव भेटिएको खबर पाएपछि परिवार गएर हेर्दा शव लामाको नै भएको पुष्टि भएको अधिकारीले बताए ।

ललितपुर प्रहरीका अनुसार, अहिले उनको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ । प्रहरीले घटनाको कारणबारे अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?