+
+

मन्दिरमा तोडफोड गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १०:५१

१ चैत, जनकपुरधाम । सर्लाहीमा मन्दिर तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-८ का ३३ वर्षीय राकेश बैठा छन् ।

सदरमुकाम मलंगवास्थित दुई मन्दिर तोडफोड गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मलंगवा नगरपालिका-८ स्थित राजदेवी मन्दिर र वडा नं. -९ स्थित झिलमिलिया माई मन्दिरभित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा बैठालाई पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले जानकारी दिए ।

उनका अनुसार बैठालाई मन्दिर तोडफोडमा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको छ ।

मंगलबार साँझ बैठाले मन्दिर तोडफोड गरेको प्रहरीले जनाएको छ । बैठालाई धर्मसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?