+
+

विद्यार्थीले गरे त्रिविको प्रिन्सिपल कार्यालय तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १७:१३

१९ पुस, काठमाडौं । विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको प्रिन्सिपल कार्यालय तोडफोड गरेका छन् ।

माघ पहिलो सातादेखि हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० को लागि सिफारिस गरिएको खेलाडीको नामावलीको विषयलाई लिएर तोडफोड गरेका हुन् ।

प्रिन्सिपल कार्यालयले बुधबार प्रतियोगितामा सहभागी हुने १८ जना खेलाडी, एक जना मेनेजर, दुई जना प्रशिक्षकको नामावली बागमती प्रदेश क्रिकेट संघलाई सिफारिस गरेको थियो । सोही सिफारिसमा आपत्ति जनाउँदै विद्यार्थीले तोडफोड गरेका छन् ।

विद्यार्थीहरुले प्रिन्सिपल ध्यानेन्द्र बहादुर राईको कार्यकक्षमा भएको कागजात छरपस्ट बनाउनुको साथै टेबलको सिसा फुटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?