+
+

कालीकोटमा सुरु भयो स्की तालिम

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १२:०८

१ चैत, काठमाडौं । कर्णाली प्रदेश कालिकोट जिल्लामा स्की तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना र कर्णाली खेलकुद परिषद्को सहआयोजनामा २८ फागुनबाट कालीकोट त्रिवेणी पाटन छेतडीमा आधारभूत स्की तालिम सुरु भएको हो ।

उक्त तालिममा २५ प्रशिक्षार्थी, नेपाल माउन्टेन एकेडेमीका तीन प्रशिक्षक, स्थानीय पर्यटन व्यवसायी लगायत सहभागी छन् । तालिम ५ चैतसम्म चल्ने छ ।

त्रिवेणी पाटन क्षेत्र स्कीका लागि प्रचुर सम्भावना भएको क्षेत्र हो । स्कीका लागि वर्षभर कम्तीमा १ सय दिन हिउँ र ३० सेन्टिमिटर हिउँ पर्ने यो क्षेत्रमा साहसिक पर्यटन र स्कीको सम्भावना उजागर गर्न तालिम आयोजना गरिएको बोर्डले जनाएको छ ।

तालिम उद्घाटन कार्यक्रममा पर्यटन बोर्डका प्रबन्धक विमल कँडेलले स्की साहसिक पर्यटनमात्र नभई नेपालको हिमाली भूभागमा विपद्का समयमा उद्धारारका लागि पनि प्रयोग हुने भएकाले स्थानीयको सहभागितामा तालिम आयोजना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?