+
+

लुम्बिनीमा प्रदेशसभा अधिवेशन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १७:१०

१ चैत, बुटवल । लुम्बिनीमा ४ चैतमा बोलाइएको प्रदेशसभा अधिवेशन स्थगित गरिएको छ ।

प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेको पत्र बिहीबार प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा पठाएको छ ।

सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष पाण्डेले तत्काल प्रदेश सभालाई कुनै बिजनेस नभएकाले अधिवेशन स्थगित गर्ने निर्णय गरेको बताए ।

२१ फागुनमा एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता लिएको छ ।

नेकपा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभालाई छल्नका लागि वैठक स्थगित गरेको आरोप लगाए ।

सरकारको उक्त निर्णयसँगै बिहीबार दिउँसो नै नेकपा एमाले संसदीय दलका नेता लिला गिरीसहितका नेताहरुले प्रदेश प्रमुख शेरचनलाई भेटेर छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?