+
+

हिमालयन बैंकको इटहरी शाखा इनरुवामा स्थानन्तरण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १८:५४

काठमाडौं । हिमालयन बैंक लिमिटेडले इटहरी शाखा– २ लाई इनरुवा नगरपालिका–१ मा स्थानन्तरण गरेको छ ।

सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरुलाई ग्राहकको सुविधालाई ध्यानमा राख्दै हिमालय बैंकले शाखा सञ्जालहरुलाई अन्यत्र स्थानन्तरण गर्ने कार्यलाई जारी राखेको छ ।

सोही क्रममा बैंकले इटहरी शाखा २ लाई इनरुवा–१ मा स्थानन्तरण गरेको र १ चैतदेखि ग्राहकहरुलाई बैंकिङ सुविधा समेत प्रवाह गरिएको बैंकले जनाएको छ ।

स्थानन्तरण गरिएको सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगर निर्देशक इन्द्र चाम्लागाईं मैनालीले गरेकी हुन् ।

देशभरि १७४ कुल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजार भन्दा बढी विप्रेषन भुक्तानी केन्द्रहरुबाट ग्राहकलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आइए रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?