+
+

टेकु अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १३:१३

काठमाडौं । हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ ।

नगद संकलन काउन्टर सञ्चालन सम्बन्धी सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरे ।

अस्पतालसँगको सम्झौता अनुसार ९ फागुनदेखि काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

अस्पतालमा उपचार गराउन आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको काउन्टरबाट सार्वजनिक बिदाका दिनका साथै २४ सै घण्टा सेवा प्राप्त हुने बैंकले जनाएको छ ।

सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यूआर मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।

नगद संकलन काउन्टर सञ्चालनमा आएसँगै अस्पतालमा सेवा लिन आउने बिरामी एवम् बिरामीका आफन्तका साथै अस्पतालका कर्मचारीलाई समेत सहजता प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?